मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्ट इण्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोज्यो,नेपालले फिल्डिङ गर्दै



काठमाडौं । मैत्रिपूर्ण टी–२० को दोस्रो श्रृङ्खलामा वेष्ट इण्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले फिल्डिङ गरिरहेको हो ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी सुरुआत गरेको थियो। ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित श्रृङ्खलामको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालमा दुई टोलीबिचमा पाँचवटा अभ्यास खेल भैरहेको हो ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ समुहबाट खेल्दै छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : २८ बजे