मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको मुद्दामा आइतबार पनि भएन सुनुवाई, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त



काठमाडौं । फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो ।

जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दी फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन् । सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुने छ ।

जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी २० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ । जुनमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटका लागि सवै टिमले मे १ तारिखसम्म स्क्वाड आइसीसीमा बुझाउनु पर्ने समयसीमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५१ बजे