मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, सरकार विस्तारको बाटो खुल्यो



काठमाडौँ ।,सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज गरेको छ। सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो।

सभामुख कृष्ण धिताललाई समेत गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीलाई दिएको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले रिट दायर गरेका थिए।

योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ ।

२५ चैत २०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि गणना हुनु अवैधानिक भएको भन्दै उनको नियुक्त बदर गर्न पाण्डेले माग गरेका थिए।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ३७ बजे