मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–वेस्टइन्डिज ५ टी–२० सिरिजको तेस्रो खेल आज



काठमाडौँ । वेस्टइन्डिजसँग जारी ५ टी–२० सिरिजअन्तर्गतको तेस्रो खेल आज हुँदै छ। खेल दिउसो १२ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुने छ।

हालसम्म नेपाल र वेस्टइन्डिजले ५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरी बनाएका छन्।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो। नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन।

पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए। रोहितबाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन्।

सुरुआती २ खेलमा बेन्चमा रहेका विकेटकिपर विनोद भण्डारी र आसिफ शेखले आज मौका पाउन सक्छन्। अनिल शाह र कुशल भुर्तेल दुबैलाई विश्राम दिने सम्भावना छ।

नेपालले आज कमलसिंह ऐरी र आकाश चन्द दुबैलाई मौका दिएर हेर्नेछ। दोस्रो खेलमा २ छक्कासहित १७ रन जोडेका लोकेश बमले आजको खेलमा पनि मौका पाउन सक्छन्।

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन्। उनको ब्याटिङ, बलिङ र फिल्डिङ निकै महत्वपूर्ण हुनेछ। वेस्टइन्डिज ए का ब्याटरले स्पिन खेल्न संघर्ष गर्दै आएका छन् । नेपाल त्यो कमजोरीमा भरपूर्ण फाइदा उठाउन सक्छ।

आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपमा छनोट गर्न सक्छ। विश्वकपमा पर्न सबै खेलाडीलाई यो अन्तिम अवसर हुनेछ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज ए टोली

रोस्टन चेश (कप्तान), एलिक एथानाजे ९उपकप्तान०, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : २९ बजे