मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजले नेपाललाई दियो २१० रनको टार्गेट



काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार जारी चौथो टी–२० क्रिकेटमा तीन विकेट गुमाएर वेस्ट इन्डिजले नेपाललाई उक्त लक्ष्य प्रस्तुत गरेको हो।

वेस्टका आन्द्रे वेस्टलरले नटआउट रहँदै ८४ रन बनाउँदा जोन्सन चार्ल्सले ५८ रन बनाएका थिए। फाइबान आलेनले ३३ रन जोडेका थिए।

वेस्ट इन्डिजका दुई विकेट कुशल भुर्तेलले लिएका थिए भने प्रतीश जीसीले एक विकेट लिए।

कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टी र जोन्सन चार्ल्सको विकेट लिएका थिए।

पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ।

शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा नेपाल पराजित बनेको थियो।

दोस्रो खेलमा वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो।

तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : २५ बजे