मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि



काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ संस्करणको उपाधि जितेको हो ।

शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।

रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १० : १६ बजे