मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मिस पिंक २०२४’ को फाइनल जेठ ३ गते हुने



काठमाडौं । ट्रान्सवुमनहरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को फाइनल राउन्ड आउँदो जेठ ३ गते विहीबार काठमाडौंमा हुने भएको छ ।

नील हिरा समाजले सन् २०१८ पछि २०२४ का लागि मिस पिंक आयोजना गर्न लागेको हो । लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।

समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव वढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिइन ।

‘समुदायका व्यक्तिहरुलाई खुल्ला, स्वतन्त्र र निर्वाध रुपमा आफ्नो जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत गराउने पनि कार्यक्रमको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भनिन् ।

कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समूदायका व्यक्तिहरुको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रश्तुत गर्ने तालिका छ । १९ जना प्रतियोगिले मन्चमा आफ्नो प्रस्तुती सो गर्नेछन् ।

कार्यक्रममा सहभागिताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नील हिरा समाजको आयोजना एवम राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

शनिबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरेर मिस पिंकका बारेमा बिस्तृत जानकारी दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : ४२ बजे