मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सिटीले टोटनह्याम हटस्परलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीलाई जिताउन एर्लिङ हालन्डले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले ५१ औं मिनेटमा अग्रता लिएको थियो ।

केभिन डी ब्रुएनाको पासमा हालान्डले गोल गर्दै अग्रता दिलाए । उनले दोस्रो हाफको इन्ज्योरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई २–० को सहज जित दिलाए ।

सिटीले ३७ खेलबाट ८८ अंक बनाएको छ भने दोस्रो स्थाना झरेको आर्सनलले समान खेलबाट ८६ अंक बनाएको छ । पराजित भएको टोटनह्यामले भने ३७ खेलबाट ६३ अंक जोड्दै आफूलाई पाँचौं स्थानमा छ । सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड भने रोमाञ्चक बनेको छ ।

अब सिटी र आर्सनलले एक एक खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक मोडमा पुगेको हो । अब १९ तारिखमा आर्सनलले एभर्टनसँग खेल्ने छ ।

उक्त खेलमा आर्सनल विजयी भएमा सिटीले अन्तिम खेल जित्नै पर्ने छ भने आर्सनल पराजित सिटीले उपाधि जित्ने छ । त्यसैगरी सिटीले अन्तिम खेलमा सोही दिन वेस्टह्यामसँग खेल्ने छ । दुवै टिमको खेल एउटै समयमा रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १० : ३० बजे