प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग गम्भीर छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग समयसामयिक विषयमा छलफल गर्ने भएका छन्।

यसअघि पनि प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा सहमत हुन कांग्रेस र रास्वपालाई आग्रह गरेका थिए । सदनमा हिजो भएको धकेलाधकेलपछि कांग्रेसले अब प्रधानमन्त्रीको पनि जवाफ चाहिने प्रतिक्रिया दिएको थियो । बेलूका ६ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  १ : ५३ बजे