काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले नमाने पनि सरकारले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्ने उद्घोष गरेका छन् ।
एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। जेठ १५ गतेभित्र बजेट ल्याएरै छोड्ने बताएका उनले कांग्रेसले नमानेपनि संसद चलाउनैपर्ने पक्षमा आफूहरू रहेको बताए।
ओलीले कांग्रेस अब जेस्कै गरेपनि सदन चलाउने दाबी गरे । उनले समयमै सरकारको नीति तथा कार्यक्रम र बजेट संसद्बाटै पारित गरेर देखाउने उद्घोष गरे ।
‘सहमतिमा आएर कांग्रेस मान्छ भने मान्छ। मान्दैन भने हामीले नीति तथा कार्यक्रम जसरी हुन्छ पारित गरेर बजेट संसदमा पेस गरेरै छाड्छौं’ ओलीले भने ।
उनले एमाले पार्टीमा अब गुटबन्दी नचल्ने पनि बताए। ओलीले भने, ‘एमाले मिसन ८४ को नारा लिएर अगाडि बढेको छ। त्यसका कारण विपक्षीसँग लड्ने बेलामा यदि पार्टीभत्र कसैले गुटबन्दी गर्यो भने सोझै कारबाही हुन्छ।’














