काठमाडौँ । आइतबार बिहान बसेको विपक्षी दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले दिने जवाफ सुन्न तयार भएको जनाएका छन्।
“हामीले संकटग्रस्त सहकारी व्यवस्थापन समितिको समानान्तर हुने संसदीय समिति मागेका होइनौँ । गृहमन्त्री भइसकेपछि लामिछानेको विषयमा जारी अनुसन्धान रोकिएकाले संसदीय समिति मागेका हौँ,” संसदीय दलका एक पदाधिकारीले भने, “त्यसैले रवि लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्क र त्यससँग जोडिएका सहकारीलाई फोकस गरेर छानबिन हुनेगरी समितिको टीओआर निर्माण हुनुपर्छ ।”
ती पदाधिकारीका अनुसार त्यसबाहेकका विषयमा छानबिन गरेर संसद्बाट नीतिगत रूपमा अघि बढ्ने विषयमा भने कांगेसको सहमति रहेको जानकारी दिए ।














