सदनमा रविले बोल्दा अवरोध नगर्न विपक्षी दल सहमत



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेको समयमा अवरोध नगर्न विपक्षी दल सहमत भएका छन्।विपक्षी दलको आइतबार बिहान बसेको बैठकले यस्तो सहमति गरेको हो।तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो।

गृहमन्त्री रवि लामिछानेले बोलेपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।यसअघि शुक्रबार मात्र विपक्षी दलहरूले छानबिन समिति नबनेसम्म अवरोध जारी राख्ने निर्णय गरेका थिए।

सरकार छानबिन समिति बनाउन सहमत भएसँगै काङ्ग्रेससहितका विपक्षी दलले अघिल्लो निर्णय फिर्ता लिएका हुन्।

यता काङ्ग्रेस संसदीय पदाधिकारी बैठकले संसदीय समितिको ‘टीओआर’ निर्माण समितिका सदस्य जीवन परियारलाई लामिछानेको नाम नराख्दासम्म सहमति नजनाउन सुझाव दिएको हो।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  १२ : ३५ बजे