प्रतिनिधिसभा बैठकको समय सारियो



काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो ।

“आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  १ : ०० बजे