मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाश सिरोहिया तीन दिन हिरासतमै रहने



काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले जनाएको छ ।

बुधबार न्यायाधीश चुडामणि खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि पाँच दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो ।
सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर मिडिया ग्रुपको मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ४ : २६ बजे