मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम अन्तराष्ट्रिय प्रतियोगितामा सोतोकान कराते डो संघको तयारी



काठमाडौं । सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई नेपालको विभिन्न प्रदेश र स्थानीय तहमा खेल प्रतियोगिता आयोजना गर्दै आएको करातेँ डो संघले जेठ १९ गते देखि २० गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

कराते (एसकेडीयुएन)को आयोजना र गाकर्णेश्वर नगरपालिकाको सह आयोजनामा प्रथम अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने तयारी करिब पूरा भएको सोताकान प्रशिक्षक चित्र श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी कराते डो संघले, नेपालको विभिन्न प्रदेश सगै स्थानीय तहमा समेत खेल प्रतियोगिताको आयोजना गर्ने तथा प्रशिक्षण दिने संघका प्रमुख प्रशिक्षक दोर्जेमान तामाङले जानकारी दिए ।

प्रशिक्षक दोर्जेमान तामाङले भने,“ सोताकान कराते (एसकेडीयुएन) विश्वका ३६ वटा राष्ट्रमा स्थापीत छ । म आफै पनि विभिन्न देशले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी भएको छु ।” त्यसैगरी आउने जेठ १९ देखि २० गते गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामामा करिब ७ वटा राष्ट्रका खेलाडीहरु सहभागी हुनसक्ने नेपाल सोतोकान कराते डो संघका अध्यक्ष बदी« बहादुर महतले जानकारी दिए।

उनले भने, “खेल प्रतियोगिता आयोजनाको लागि हामीले करिब सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्धारा खेलको उद्घाटन हुने तयारी गरेको छौँ ।

नेपाली खेलाडीहरु विश्वका विभिन्न देशले आयोजना गरेको प्रतियोगितामा सहभागी जनाई उपलब्धी प्राप्ती गरेका छन् । विश्वका विभिन्न देशमा पुगेर खेलमा सहभागी भएका खेलाडीहरुले नेपाललाई परिचित गर्ने काम गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ०५ बजे