मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशीसहित २ सय २३ जनाले गरे रक्तदान



काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २ सय २३ जनाले रक्तदान गरेका छन् ।

खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदान समारोहमा विदेशी नागरिकसहित २ सय २३ जनाले रक्तदान गरेका हुन् ।

खुड्किलो नेपालको आयोजना श्री बौद्धनाथ क्षेत्र विकास समिति सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर रक्तसञ्चारको रहेको खुड्किलो नेपालकी अध्यक्ष तारा साम्पाङ राईले जानकारी दिइन ।

उनका अनुसार रगत अभावलाई पूर्ति गर्न खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ । देशका विभिन्न स्थान तथा कारागारमा समेत खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ ।

साकाधावा तथा वुद्धजयन्तीको अवसरमा बौद्ध स्तुपामा नै आफूहरूले रक्तदान गर्न पाउँदा कुरा गर्नु भन्दा ठुलो धर्म आफूहरूलाई महसुस भएको रक्तदानमा सहभागीहरूले बताएका थिए ।

रक्तदानमा नेपाल, भारत, चीन, भुटान, ताइवान, युकेलगायत विभिन्न मुलुकका पर्यटकहरू सहभागी भएका थिए । रक्तदानमा ६० प्रतिशतले भन्दा बढिले पहिलो पटक रक्तदान गरेको खुड्किलो नेपालले जानकारी दिएको छ ।

खुड्किलो नेपालले रक्त अभाव तथा आँखा सम्बन्धी बिरामीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  २ : ४५ बजे