मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी पीडितले पुनः सुरु गरे सडक आन्दोलन



काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो ।

महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् ।

तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरिएका भएपनि ति सम्झौता कार्यान्वयन नगरेका कारण सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : ५३ बजे