मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरु भयो एशियन तेक्वान्दो प्रतियोगिता



काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता आज सुरु भएको छ ।

ललितपुरको कराँते महासंघ एकडेमी, सातदोबाटोमा सुरु भएको प्रतियोगिताको नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे ।

आउँदो आइतबारसम्म हुने प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५ सय खेलाडी सहभागी छन् ।

प्रतियोगितामा एकल स्पाईरिङ, एकल काँटा र समूह काँटा गरि तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढामगरले बताए ।

खेलको उद्घाटन गर्दै समाजवादीका अध्यक्ष नेपालले आफ्ना बालबालिकाहरु मेहेनति छन् कि छैनन् भनि हेर्ने जिम्मेवारी अभिभावकको भएको उल्लेख गर्दै बालबालिकालाई उनीहरुको रुचि अनुसार अगाडि बढ्न हौसला दिनुपर्ने सल्लाह दिए ।

उनले भने, ‘विद्यालय, पालिका र प्रदेशभर खेल क्षेत्रको विकासका लागि सुरु भएको यो अभियान सुरु होस् । के कुराले समाजलाई राम्रो दिशामा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा समेत ध्यान दिँदै अघि बढ्नुपर्छ । हामी नयाँ नेपालका योग्य नागरिकहरु निर्माण गर्न चाहन्छौं । अनेक देशबाट आएका प्रतियोगिहरुलाई स्वागत गर्न चाहन्छौं ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ४ : ०६ बजे