मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थप गरेको हो।

श्रेस्तेदार कैलाश भट्टराईका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेपनि इजलासले ३ दिनको म्याद मात्र सदर गरेको हो।

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर ल्याएको हो।

यसअघि बुधबार पनि अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

बुधबार लिएको म्याद शुक्रबार सकिएपछि सिरोहियालाई शुक्रबार पनि अदालत लगिएको थियो।

सिरोहियालाई सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ९ : ०७ बजे