मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौतिकमन्त्रीलाई मेयर बालेनले दैनिक एक ट्रक धुलो उपहार पठाउने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका बालेन्द्र (बालेन) शाहले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन्।

शनिबार सडक डिभिजन कार्यालयको गेटअघि एक ट्रक धुलो अनलोड गरेपछि मेयर बालेनले यस्तो घोषणा गरेका हुन्। उक्त धुलो महानगरको माया गरेर स्वीकार गर्न पनि उपप्रधानमन्त्री महासेठलाई अनुरोध गरेका छन्।

सडकमा धुलो भएकाले नगरवासीलाई कष्ट भएको तर सरकार र पूर्वाधार मन्त्रालयले त्यसलाई न्यूनीकरण गर्न कुनै काम नगरेको उनले उल्लेख गरेका छन्।

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला,’ फेसबुकमा उनले लेखेका छन्।

मन्त्रीको ठाडो आदेशले कुनै काम रोकिने भएकाले त्यस्तै आदेशले कुनै काम गर्न पनि सकिने उनले उल्लेख गरेका छन्। ‘विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ,’ उनले लेखेका छन्, ‘काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।’

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ७ : २५ बजे