मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद मण्डलसहित नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान



काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पुयाएका नौं जनालाई ‘आइकन अफ कोशी’ बाट सम्मान गरिएको छ ।

नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल सहित विभिन्न नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान गरिएको हो । सदस्य मण्डललाई शिक्षा विधामा सम्मानित गरिएको हो । मण्डल गत प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार रहेर बिजयी भएका थिए ।

स्वास्थ्य विधामा झापाका डा.ज्ञानेन्द्र बहादुर कार्की, सामाजिक सेवामा झापाका रञ्जु शर्मा, महिला तथा वालबालिका विधामा मोरङकी सिता पोखरेल र पत्रकारिता विधामा मोरङकै मिन कुमार श्रेष्ठ सम्मानित भए । यस्तै खेलकुद विधामा झापाकी रुबिना क्षेत्री, उद्यमशीलतामा मोरङका मोहन गजुरेल, सुचना प्रविधिमा मोरङकै समिर फुयाँल र युवामा सुनसरीका अरुण खड्का सम्मानित भए ।

परिषद्ले यसअघि बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न गरिसकेको छ भने आगामी साउनमा राष्ट्रिय सम्मेलन गर्ने परिषद्को तयारी रहेको नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।

परिषद्ले अन्य प्रदेशमा पनि विभिन्न व्यक्तिहरुलाई आइकन प्रदान गरेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : ३४ बजे