मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठका मेयरलाई १ महिना कैद गर्न काठमाडौँ जिल्ला अदालतको आदेश



काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय गर्नुपर्ने फैसला सुनाएको छ।

अदालतको अवहेलना मुद्दामा मेयर अधिकारीलाई एक महिना कैद सजाय गर्नुपर्ने आदेश न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलासले दिएको हो।

अदालतले चलन चलाइदिनू भनेको जग्गा नगरपालिकाले आफ्नो कब्जामा राखिराखेकाले अदालतको अवहेलना भएको अदालतको भनाइ छ।

मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैद सजाय सुनाइएको छ।

२०७९ को स्थानीय तह निर्वाचनमा मेयर अधिकारीसहित भट्टराई, तामाङ र श्रेष्ठ एमालेबाट निर्वाचि‍त भएका थिए।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : ४९ बजे