मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं, १४ जेठ । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज ९सोमबार० जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपका लागि अनुमति मागेको थियो ।

सिरोहिया नागरिकता कीर्ते प्रकरणमा ७ दिनदेखि प्रहरी हिरासतमा छन् । म्याद थपका लागि अदालतमा उपस्थित गराईएको थियो । स्वास्थ्यमा समस्या देखा परेर अस्पताल भर्ना भएका उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको थियो ।

अदालतले पहिलो पटक र दोस्रो पटक ३र३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : ४५ बजे