मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका मुख्यमन्त्री खगराज पदमुक्त, सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न सर्वोच्चको परमादेश



काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला गर्दै मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो । सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

यसअघि मुख्यमन्त्री सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेसँगै पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ८ : २७ बजे