काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइ दायर गरेको रिटमा बुधबार पेसी तोकिएको थियो । बुधबार (आज)को पेसी सूचीमा उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा चढेको थियो ।
रिटमाथिको सुनुवाइ स्थगित गर्न निवेदकले नै निवेदन दिएका हुन् ।सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले ‘क्लिन चिट’ दिएको देखिने गरी कुनैपनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए।
रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ।न्यायाधीश सुनिलकुमार शर्माले अधिवक्ताको अभ्यासका क्रममा रविविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै परेको रिटमा रविका तर्फबाट बहस गरेका थिए ।
उनको इजलासको अन्तिम नम्बरमा रहेको रविविरुद्धको रिट अन्तिममा ‘हेर्न नमिल्ने’मा पर्ने निश्चित भएका कारण रिटकर्ताले सुनुवाइ स्थगित गरेका हुन् ।














