मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए शपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन्। कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका छन्।

गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ७ : ५० बजे