बजेट मिलेको छैन, परिमार्जन गरेर मात्रै पारित हुन्छ : एमाले अध्यक्ष ओली



काठमाडौँ, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएको छन ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा ९एमाले० संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भने। “बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,” उनको भनाइ उद्धृत गर्दै दलका एकजना सदस्यले भने ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निक्र्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए। उनले सरकारमा सहभागी दलसँग परामर्श नगरेर सदनमा बजेट पेस भएको बताए ।

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरे थिए।

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार  ६ : ३० बजे