मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँखा शिविरबाट तीन सय लाभान्वित



काठमाडौँ, । काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

यसअघि पनि अभियानले वडावासीलाई लक्ष्यित गरी मधुमेह र मुटुरोगसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । शिविरका लागि लक्ष्मीनारायण देवस्थल सेवा समितिले पनि सहयोग गरेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १० : २५ बजे