लगानी सहजीकरण सम्बन्धी अध्यादेश सर्वसहमतिले स्वीकृत



काठमाडौँ, । राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेएको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन् । सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  ५ : ०१ बजे