जनमतका सतिश सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्दै



काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्री सतिश सिंह बन्ने भएका छन्। जनमत पार्टीले सतिश सिंहलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहले जानकारी दिए।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको र संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो। तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। उनी सप्तरी क्षेत्र नं। २ (क)बाट प्रत्यक्ष निर्वाचित छन्।

सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छन्।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ११ : ३१ बजे