बजेट ल्याउदा उपभोक्ताको हितलाई बेवास्ता गरियो : गुरु बराल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख गुरु बरालले सरकारले ल्याएको बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको बताएका छन् ।

बरालले प्रेस विज्ञप्ति मार्फत वजेटका बारेमा नेपाली कांग्रेस, केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागको ध्यान आकर्षित भएको भन्दै बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको बताएका हुन् ।

वजेट वाहिरी रुपमा आकर्षित देखिए पनि विरोधाभाषपूर्ण रहेको बरालको दाबि छ । दैनिक उपभोग्य वस्तुमा अत्याघिक मृल्य वद्धिले चामल, चिनी, दाल, तेल, माछा–मासु, सागसव्जी तथा फलफुल अत्याधिक महँगिदा आम उपभोक्ताको भात भान्छा अत्यन्त महंगो भएको विज्ञप्तिमा उल्लेख छ ।

दैनिक उपभोग्य वस्तुहरुमा लगाइएको भन्सार महसुल दर र अग्रिम आयकर लिने व्यवस्थाले थप मृल्य वद्धि हुने भन्दै दैनिक उपभोग्य वस्तुहरुमा लगाइएको अनावश्यक कर तत्काल खारेज गर्नको लागि नेपाली कांग्रेस, केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभाग नेपाल सरकारसँग माग गर्दछ ,विज्ञप्तिमा भनिएको छ ।

दैनिक उपभोग्य वस्तुहरुमा अनावश्यक कर लगाएर सरकारले लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्म र आम नागरिकको खाद्य माथिको सहज पहुंचको हक खोसेको बरालको आरोप छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  ४ : ५६ बजे