मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने



गण्डकी, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३:०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ३७ बजे