काठमाडौं। विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले प्रदेश योजना आयोग कोशी प्रदेशको गाडीमा आगजनी गरेका छन् ।उनीहरूले आज बिहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।
को रंगेली नगरपालिकाका (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरे । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित रहेका छन् । पक्राउ परेको समूहले आफू विद्यार्थी रहेको बातए ।
निजी विद्यालयहरुले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गरेको र विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाए भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए ।
यसअघि विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउमा परेका यादवसहितको टोलीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।