मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली पुलमा फसेका १४ खच्चडमध्ये दुईवटा मरे



काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने गरि बनाइको कर्णालीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर आइतबार बिहान १४ वटा खच्चड फसेका थिए ।

६० को दशकमा निर्माण गरिएको झोलुंगे पुलको पुनःनिर्माणमा उदासिन हुँदा पुलका लठ्ठा चुँडिएर सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । तर मानवीय क्षती भने हुन पाएन । उक्त पुल सुदूरपश्चिम प्रदेशलाई मुलुकका अन्य भूभागसँग जोडने माध्यम पनि हो ।

झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । बाँकी रहेकालाई तानेर निकाल्ने प्रयास भइरहेको छ । खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो ।

अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको प्रहरीले जानकारी दिएको छ । लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : ०३ बजे