काठमाडौँ । विश्वकपका बाँकी खेल खेल्न सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन्।
अमेरिकालले भिसा नदिएपछि अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा सुरुवाती खेल गुमाएका नेपाली टिमका लेग स्पिनर सन्दीप लामिछाने विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज गएका हुन्।
नेपालले समूह चरणअन्तर्गत अमेरिकामा दुईवटा र वेस्टइन्डिजमा दुईवटा खेल खेल्दै छ।
नेपालले वेस्ट इन्डिजमा बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने छ। उक्त दुई खेलका लागि सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। उनी आज बिहान वेस्ट इन्डिज पुगेका हुन्। क्यानले सन्दीपको वेस्ट इन्डिज यात्रा गोप्य राखेको थियो।
वेस्ट इन्डिज पुगेपछिमात्र क्यानले सन्दीपले वेस्ट इन्डिजमा खेल्नेबारेमा विज्ञप्ति जारी गर्यो। क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जारी आइसिसी पुरुष टी(२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं।’