मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



२८ जेठ, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले आज ६० सदस्यीय प्रदेश सभामा बहुमत, ३१ सांसदको समर्थन पाएका हुन् ।

पाण्डेका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे।

एमालेको नाराबाजी र विरोधबीच उनले बहुमत पाएका हुन् ।

नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राजीव गुरुङ ९दीपक मनाङे०ले मत दिएपछि मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ३६ बजे