मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय



काठमाडौं । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१÷८२ देखि ०८५÷८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए ।यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ ।

स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमती दिएको पनि श्रेष्ठले बताए ।बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ११ : ३२ बजे