नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित



काठमाडौं । आइसीसी टी२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल एक रनले पराजित भएको छ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्यमा नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्यो।

नेपालका लािग ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरे।

योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ।

प्रकाशित मिति : असार १, २०८१ शनिबार  ८ : ४९ बजे