मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरे क्षेत्रको संरक्षणमा सामूहिक रुपमा काम गर्न आवश्यक : प्रदीप पौडेल



काठमाडौं । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले प्राकृतिक स्रोत साधनको दोहन, अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू-उपयोग आदिले चुरे क्षेत्र सधैँ उच्च जोखिममा वताएका छन् नदी कटान, भू-क्षय, बाढी, पहिरो जस्ता प्रकोपले वर्षेनी समस्या माथि समस्या थपिइरहेको उनको भनाइ छ ।

सोमबार चुरे संरक्षण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले चुरे क्षेत्रका प्राकृतिक स्रोतहरू भूमि, पानी, वनस्पति लगायत जैविक विविधताको दिगो व्यवस्थापन गर्न जरुरि रहेको उनले बताएका छन् ।

वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सबैले आ- आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : १८ बजे