मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्‌मा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको निर्देशन



७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ । कांग्रेस संसदिय दलको आजको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयक अब प्रतिनिधिसभाको आउने बैठकहरूमा निर्णयार्थ प्रस्ततु हुने कार्यसूची रहेकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको जानकारी दिए ।

९ गतेदेखि संसद्को बैठकमा अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए । ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यसैबेला निर्णय गर्छौँ,’ उनले भने ।

बजेट पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकले बताए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : २५ बजे