मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामि दुई दिनसम्म काठमाडौंका यी स्थानमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्ने



काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबा दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ ।

मर्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो । प्राधिकरणले शनिबार मातातीर्थ,सतुंगल, मच्छेगाउँ, फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

यस्तै, भोलि (आइतबार) पनि मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : २८ बजे