मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा आयोगको रिक्त पदका लागि ४ जनाको नाम सिफारिस



काठमाडौँ ।चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि ४ जनाको नाम सिफारिस भएको छ।

सिफारिसमा पर्नेमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा सरला श्रेष्ठ छन्।

प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको स्रोतले बतायो।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन्।

चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन्। चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य डा। रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए।

समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए। त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोटमा परेको थियो।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : २३ बजे