मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई थापाको सुझाव, ‘नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए ।

समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘स्रोत छैन भनेर सरकार समानीकरण अनुदानमा ७ प्रतिशत जति घटाउने भन्ने कुरा आएको छ । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने, अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने, यो अस्वीकार्य छ, असंवैधानिक छ ।’

स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्रीलाई भेटेर वित्तीय समानीकरण अनुदान माग्दा प्रधानमन्त्रीले मन भएर पनि मन्त्रीले आफ्नो कुरा नमानेको भनी दिएको अभिव्यक्तिप्रति महामन्त्री थापाले नटेर्ने मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

‘ यो विषयमा स्थानीय सरकारका प्रमुखहरुले प्रधानमन्त्रीजीलाई भेट्नुभएछ । अनि प्रधानमन्त्रीले मेरो त मन छ, तर मन्त्रीहरुले मानेनन् भन्नुभएछ । प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो, यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने’ थापाले भने ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४६ बजे