मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर डेंगु संक्रमित बढ्दै, ४ दिनमा २० जनामा पुष्टि



काठमाडौँ ।नेपालमा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ। ९ईडीसीडी०का अनुसार पछिल्ला ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको हो।

देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमित देखिएको छ। असार ५ गते १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्म देशभरका १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ।

‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ । डेंगु लागेमा ज्वरो आउने, वान्त हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन्छ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : १९ बजे