मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी पीडितहरुको आन्दोलनमा राष्ट्रिय जनमोर्चाको एक्येबद्धता



काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जनाएको छ ।

सोमबार माइतीघर मण्डलतामा गएर उनले, लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा एक्येबद्धता जाहेर गरेका हुन् ।

उनले भने, ‘मैले यो आन्दोलनमा एक्येबद्धता जनाउन चहान्छु । सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंक राख्नु भन्दा सहकारीमा खाइ नखाइ राखेको पैसा हिनामिना भएको छ ।’
उनले सरकारको आड र शक्तिको भरमा सहकारीको अर्बौ पैसा हिनामिना गरेर जनताको पसिनामाथि पनि हिनामिना भएको भन्दै आक्रोस् पोखे ।

उनले भने, ‘ सहकारीको अर्बौ पैसा हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौं लाख जनताको पसिनामा सहकारी ठगहरुले हिनामिना गरेका छन् ।’
यसको साथै, सहकारी ऐनमा नै समस्या रहेको कारण ऐनमा संशोधन गरेर, नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्ने पनि उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो सहकारी ऐनमा नै समस्या छ । ४८ सालको ऐन छ, सहकारी ऐन, त्यो अधुरो पनि छ । त्यसकारण सबैभन्दा पहिलो कुरा ऐनमा संशोधन गरेर, सहकारीको नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्छ ।’

अध्यक्ष केसीले सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाएको आरोप समेत लगाए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : १९ बजे