मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद पौडेलको प्रश्न: यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादा अनुरुप नरहेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सदनमा गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादा विपरीत रहेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले आफ्नो निर्देशन कसैले मान्दैन भन्नु लज्जाजनक भएको बताए ।

उनले यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न समेत गरे ।उनले भने, ‘सदनमा केही दिन अगाडि गृहमन्त्रीले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही सदनभित्र छ भन्ने अभिव्यक्ति दिए । हिजो मात्रै रक्षामन्त्रीले प्रश्नहरुको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादा अनुरुप छ भन्ने मलाई लाग्दैन् । बजेट आयो सबै मन्त्रीहरूले आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लानुभयो सरकारले संसदलाई हेपेको छ ।

प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन सक्छ ? यो अराजकता कहिले अन्त्य हुने हो? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ ?म जवाफ चाहुन्छ ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : ०६ बजे