मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन व्यवसायी बके र सञ्चारकर्मी दाहाल सम्मानित



काठमाडौं । पर्यटन व्यवसायी तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बके सम्मानित भएका छन् । गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन तथा उज्यालो लिम्चुङबुङ घोषणा कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातवरण मन्त्री नारायण बुर्जामगरले उनलाई सम्मान गरेका हुन् । लिम्चुङबुङको पर्यटन प्रवद्धनका लागि कटिवद्ध भएर लागि परेको भन्दै बके संगै सञ्चारकर्मी सचिन्द्र दाहाल पनि सम्मानित भएका छन ।
सम्मानितहरुलाई गाउँपालिका अध्यक्ष मेजर राईले खादा माला लगाई दिएका थिए भने मन्त्रीले प्रमाणपत्र प्रदान गरेका थिए। उच्च सम्मान स्वरुप सम्मान गरेको हो ।

बकेले लिम्चुङबुङ गाउँपालिकामा होमस्टे सञ्चालन गर्न स्थानीयहरु प्रेरित समेत गरिरहेका छन् । आफ्नो भान्सामा पाक्ने अर्गानिक स्वाद पाहुनालाई दिएर आफ्नै घरमा बासको सुविधा सहितको होमस्टे सञ्चालन गर्न स्थानीयलाइ सुझाव दिदैँ आइरहेका छन् ।

उनले लिम्चुङबुङमा आगलागी पिडीतहरुका लागि नगद सहयोगको समेत घोषणा पनि गरेका छन् । आर्थिक स्थिति कमजोर भई खरको छाना सहितको आगलागिको जोखिमपूर्ण घरमा जिवन विताइरहेका स्थानीयहरुको लागि खरको छानामुक्त अभियानको तयारी पनिगरेका छन् ।

पर्यटन व्यवसायी बके भक्तपुरको रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक हुन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : १५ बजे