मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुदुधकुण्डले कृषि उत्पादन बढाउन जोड दिने, ६७ करोड बढीको बजेट



काठमाडौं । सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोमबार नगरपालिकामा एक कार्यक्रम गर्दै पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ६७ करोड ६२ लाख ९३ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको छ ।

बजेट साबृजनिक गर्ने कार्यक्रम सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले आगामी आर्थिक वर्ष २०८१–८२ मा नगरले अबलम्बन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन र बजारीकरणलाई जोड दिए । उनले किसान सूचिकरण मार्फत अवस्था र आवश्यकता पहिचान गर्दै रैथाने बाली प्रवद्र्धन, कृषि उत्पादन आयात भन्दा निर्यातलाई प्रोत्साहन गर्ने नीतिमा जोड दिए । चिया खेतीको संभाव्यताको अध्ययन, किवि, आलु, माछा पालन प्रोत्साहन अनुदान दिने देखि परम्परागत सीपको व्यवसायिकतामा जोड र उद्यमीको विकासलाई प्राथमिकता दिने मेयर शेर्पाले बताए ।

तेस्तै आगामी आर्थिक वर्षमा नगरले पर्यटकीय क्षेत्रमा आवश्यकताको आधारमा पूर्वाधार निर्माण गर्ने, पर्यटकीय साहसिक खेल सञ्चालनमा तदारुकता देखाउने लगायतका नीति लिने उनले उल्लेख गरे ।

सडक तर्फ सल्लेरीदेखि माप्य दुधकोशी र फाप्लु देखि टाक्सिन्दु हुदैँ खुम्बु जाड्ने सडकको कालोपत्रेको काम समयमै सम्पन्न गर्ने र नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु गर्ने तयारी रहेको पनि उनले जानकारि दिए ।

सोलुदुधकुण्ड नगरपालिका बित्तिय अनुशासनमा समेत उत्कृष्ट देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये सोलुदुधकुण्डमा सबै भन्दा कम बेरुजु देखिएको थियो ।महालेखाका अनुसार बेरुजु उल्लेख्य घटाएर बित्तिय अनुशासनमा उत्कृष्ट देखिएका प्रदेश १ का थोरै स्थानिय तहहरु मध्य सोलुदुधकुण्ड नगरपालिका पनि परेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ३३ बजे