कोसी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्की नेतृत्वको सरकार जोगियो



काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध रिट हालेका थिए ।

रिट खारेजीसँगै एमाले संसदीय दलका नेता हिक्मत कार्कीको सरकारले निरन्तरता पाएको छ ।

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार  ६ : ०६ बजे