काठमाडौं । (विराटनगर) भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका छन् ।
विराटनगरका घर घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।नाली पुरिएका कारण सडकमा पानी जमेको र कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।
विराटनगरको सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेको हिरालाल कामतले बताए । डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए ।
बस्तीमा बाढी नपसेको तर वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको प्रहरीले जनाएको छ । कोशी राजमार्गको मुनालपथ खण्ड पनि पानीले निकास नपाउँदा जलमग्न छ ।